नेपाल प्रेस युनियनद्वारा पत्रकार चालिसेको निधनमा दुःख व्यक्त

काठमाडौँ, ८ माघ । नेपाल प्रेस युनियनले पत्रकार रमेश चालिसेको निधनमा दुःख व्यक्त गरेको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी अग्रज सञ्चारकर्मी एवं नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य चालिसेको निधनमा दुःख व्यक्त गर्नुभएको हो । “चालिसेको निधनले नेपाल प्रेस युनियन अत्यन्तै दुखित भएको छ, चालिसेको निधनले नेपाली सञ्चार क्षेत्र र ट्रेड युनियन आन्दोलनलाई ठूलो क्षति पुगेको छ”, विज्ञप्तिमा भनिएको छ । चालिसेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै युनियनले उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । उहाँको सोमबार सडक दुर्घटनामा परी निधन भएको थियो । रासस