खानेपानी मन्त्री बीना मगर पनि अस्पताल भर्ना,सासू-बुहारी एउटै अस्पतालमा उपचार हुदै

काठमाडौँ। खानेपानी तथा सरसफाइ मन्त्री तथा नेकपा अध्यक्ष  प्रचण्डको  बुहारी बीना मगर पनि  अस्पताल भर्ना गरिएको छ।

रुघा, खोकीले सताएपछि मन्त्री मगरलाई सोमबार बेलुका ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको डा.युवराज शर्माले जानकारी दिए । उनलाई डाक्टरहरुले आरामका लागि एक दुई दिन अस्पतालमै बस्न सल्लाह दिएका छन्।

एक दिन अगाडी मात्रै रुघाखोकी र ज्वरोको समस्या देखिएपछि उनका सासु प्रचण्ड पत्नी सिता दाहाल पनि सोहि अस्पतालमा उपचाररत छिन्।

यो पनि पढ्नुहोस:

प्रचण्डकि पत्नी सीता दाहाल अस्पताल भर्ना

ललितपुर, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ ।

बिहान भर्ना हुनुभएका उहाँको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ । उहाँलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।”रासस