रिसको झोकमा चक्कु प्रहार गरि छोरीले पिताको हत्या गरिदिए..

एजेन्सी। आफ्नो सौतेला पिताको हत्या गरेको आरोपमा रसियन प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। पिताले ‘वेश्या’ भन्दै छोरीलाई गालिगलोज गरेको कारण किशोरीले हत्या गरेको भाडा अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

३१ वर्षीय तिमुर मागोमादोभले धेरै दिन देखि १८ वर्षीय स्भेतलानालाई यातना दिने र गालीगलौज गर्दै आएका थिए। गलत काम र वेश्यावृत्तिबाट कमाइ गर्ने गरेको आरोप लगाएपछि यी दुई बीच झगडा भएको थियो।

एक अर्काबीच भनाभनबाट सुरु भएको झगडाले ठुलो रुप लिदा पिताको हत्या नै गरिदिए । दुवै जान गालिगलोज गर्न थालेपछि हातहलाहलको स्थिति सम्म आयो रिस को सिमा नाघेपछि छोरिले भान्सा कोठामा गएर चक्कु ल्याएर आफ्नो ५ पटक भन्दा बढी शरीरको विभिन्न भागमा प्रहार गरे ।

स्भेतलाना विरुद्ध अदालतमा मुद्धा चलिरहेको छ। आरोपी स्भेतलानालाई ६ देखि १५ वर्ष सम्म जेल सजाय हुन सक्ने स्थानीय मीडियाहरुको भनाइ छ।