बम्जनले बेपत्ता पारेका अनुयायीबारे प्रमाण बलियो बनाउन थप प्रमाण खोज्न जुट्यो नेपाल प्रहरी

सिन्धुपाल्चोक, ८ माघ । बम्जन आश्रमबाट बेपत्ता पारिएको अनुयायीबारे प्रमाणलाई बलियो बनाउन प्रहरीले थप प्रमाण खोज्न थालेको छ ।

तपश्वी राम बहादुर बम्जनलाई कारवाही गर्नु भन्दा अगाडी बेपत्ता पारिएका बारे प्रमाण बलियो बनाउन प्रहरीले यो कदम चालेको हो ।

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो ।

सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए ।