यदि तपाई मधुमेहको रोगि हुनुहुन्छ भने उखुको रस पिउदै नपिउनुस

गर्मीको समयमा उखुको रस बजारमा प्रसस्त मात्रामा पाइने गर्छ । प्यास पनि मेटाउने र शरीरलाई चिसो नि बनाउने भएकाले मानिसहरु गर्मीको समयमा यसलाई बडी रुचाउने गर्छन् । उखुको रस स्वास्थ्यको हिसाबले पनि हाम्रो शरीरको लागी निकै लाभदायक छ । तर हरेक मानिसले उखुको रस खान हुदैन । केही मानिसलाई उखुको रस खाँदा स्वास्थ्यमा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले कस्ता मानिसले खाने र कस्ताले नखाने भन्ने कुरा राम्ररी जान्नुपर्छ ।

उखुको रस निम्न प्रकारका मान्सिहरुले खान हुदैन :

– यदि तपाईलाई खोकी लागिरहेको छ भने उखुको रस नपिउँनुहोस् । यस्तो अवस्थामा उखुको रस पिउँनाले तपाईको शरीरमा कफको समस्या झनै बढेर जान्छ ।

– त्यस्तै, पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउँन नहुने बताइन्छ ।

– उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । यदि तपाई मधुमहेको रोगी हुनुहुन्छ भने तपाईले उखुको रस पिउँनुहुँदैन । यो तपाईका लागि बिष सरह हुन्छ ।

– यदि तपाईको तौल बढेको छ वा मोटोपनको समस्यामा हुनुहुन्छ भने उखुको रस नपिउनुहोस् । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ ।