जब पक्राउ परेका ‘चोर’ले रुदै भने–“बाबु आमा नभएकोले ड्रग्स सेवन गर्न थाले र आज यस्तो दिन आयो” (भिडियो सहीत)

पोखरा । कास्की प्रहरीले पोखरा लगायत बिभिन्न ठाँउमा चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक ग¥यो । शुरुमा प्रहरीले पोखरा घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठलाई पक्राउ ग¥यो । उनमाथी सोधपुछ गर्दै जादा उनले खुम प्रसाद थापा र गगन सवास संग मिलेर चोरी गरेको बयान दिएपछी उनीहरुलाई पनि पक्राउ गरीयो ।

शुरुमा पक्राउ परेका सुनिल श्रेष्ठले गण्डकी टेलिभिजनका पत्रकार अपिल त्रिपाठी संग भने–“सानै देखी मेरा बाबुआमा छैनन, अभिभावकको माया ममता नपाएका कारण लहैलहैमा लागुऔषधको नशामा डुबे । लागुऔषध किन्न थोरै पैसाले पुग्दैन, अनि चोरी गर्न थाले । मैले गरेको अपराधको सजाय मलाई मञ्जुर छ दाई ।” माहोल भाबुक बन्न पुग्यो । भिडियोमा हेर्नुहोस :