खुशीको खबर : तातो तेलमा परि जलेकी २२ महिने बालिकाको चितवन मेडिकल कलेजले निशुल्क उपचार गरिदिने !

काठमाडौं, ७ माघ । तातो तेलमा परेर घाईते भएकी बालिकाको उपचार चितवन मेडिकल कलेजले निशुल्क उपचार गरिदिने भएको छ ।

गैडाकोट ३ ढोडेनीका ठेला व्यवसाय गर्दै आएका कृष्ण पौडेल र विष्णु पौडेलकी छोरी २२ महिने बालिका सिम्रन पौडेलको चितवन मेडिकल कलेजले निशुल्क उपचार गरिदिने भएको हो ।

आर्थिक अवस्था कमजोर भएपछि पौडेलको औषधि बाहेक अन्य उपचारमा लाग्ने खर्च अस्पताल आफैले गर्ने चितवन मेडिकल कलेजले जानकारी दिएको छ । तीन लाख खर्च भई सकेको र उपचारको लागि पौसा अभाव भएको चितवनका सञ्चार माध्यममा समाचार आएपछि अस्पतालको गम्भिर ध्यानाकर्षण भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

माघ एक गते देखि उपचाररत पौडेललको स्वास्थ्यमा क्रमिक सुधार भएको बताईएको छ । सिम्रनको तातो तेलले अनुहारको पुरै भाग, दुवै हात र छाती जलेको छ । ग्राहकलाई मःमः दिने बेला छोरीले ग्यासको पाइप तान्दा बालिकाको शरीरमा तेल पोखिएर यस्तो दुखद घटना घटेको थियो ।