घाँटीको खकार,सर्दी,अन्य थुप्रै समस्यालाई सधैका लागि चट पार्ने सजिवनको सुप

हाम्रो वरिपरी नै प्राकृतिक जडिबुटीहरु थुप्रै पाइन्छ। प्राकृतिमा पाइने विभिन्न सागपात,फलफुल औषधिमुलो को मुख्य स्रोत हुन् । त्यस्तै  एक हो सजिवन (शित्तल चिनी)। जसको प्रयोग प्रयोगले धेरै रोगहरुको उपचार गर्ने गरिन्छ । यसको प्रयोगले सर्दी, घाँटीको खकार, छातीमा बलगम जम्ने लगाएतका समस्यालाई निर्मुल पार्न सजिवनको प्रयोगले धेरै फाइदा पु¥याउँछ ।

यदी तपाईले चाहनुभयो भने सजिवनलाई सब्जी बनाउनुको साथै उमालेर सेवन गर्न सक्नुहुन्छ । साथमा मज्जाले उमालेर यसको पानी पिउनु पनि स्वस्थ्यको लागि निकै फाइदा मानिएको छ ।

यसो गर्नाले तपाईले सास लिँदा समस्या भएको छ भने यसले धेरै फाइदा पु¥याउँछ ।सजिवनको सुप पिउनु स्वस्थ्यको लागि निकै फाइदा मानिन्छ । यसमा भरपुर भिटामिन सी पाइन्छ ।

भिटिमिन सीको अलवा प्रोटिन, बीटा क्योटिन पाउनुका साथै म्याग्नेसियम, पोटासियम, म्यागनिज र फाईवर लगाएत पनि पाईन्छ । यी सबै तत्व शरीरको पुर्ण बिकासको लागि निकै जरुरी रहेको छ ।

सजिवनको सुप पिउदा हुने फाइदाहरु यस प्रकार छन्ः

१. सजिवनको सुप नियमित पिउनाले सेक्सुअल हेल्थमा सुधार आउँछ । सजिवनको सुपको महिला र पुरुष दुवैको लागि फाइदाजनक रहेको छ ।

२. सजिवनमा एन्टि ब्याक्टेरियल गुण पाईन्छ । यसले धेरै प्रकारको सङ्क्रमनबाट सुरक्षीत बनाउँछ । यसका साथै यसमा भिटामिन सी पाइन्छ । यसले इम्युन सिस्टमलाई बुष्ट गर्ने काम गर्छ ।

३. सजिवनको सुप पिउनाले पाचन प्रक्रियालाई निकै मजबुद बनाउँछ ।

४. दमको रोगी हुनबाट सजिवनको सुपले बचाउँछ । सर्दी तथा छातीमा बलगम लगाएतका रोगबाट छुटकरा पाउनका लागि सजिवनको सुप प्रयोग गरिन्छ ।

५. सजिवनको सुप पिउँनाले रगतलाई सफा गर्न मदत गर्छ । रगत सफा हुँदा अनुहारमा निखारता पनि आउँछ ।

६.डाईविटिज कन्ट्रोल गर्नको लागि सजिवनको सेवन गर्न सुझाव दिइन्छ ।