युवक हत्याका ४ जना अभियुक्तलाई प्रहरीले गर्यो सार्वजनिक

कैलाली, ७ माघ । कैलालीका एक युवकको हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्बजनिक गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–२, अत्तरियामा २० वर्षीय अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्त भनिएकासहित चारजनालाई पक्राउ गरी सार्बजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२, शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, धनगढी उपमहानगरपालिका–३, बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३, शिवटोलका २१ वर्षीय लोकेश खत्री छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने र मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ बमोजिम मुद्दा चलाइनेछ ।