हृदयघातले भुइँमा ढलेका यी व्यक्तिले आफ्नो ज्यान बचाउन लगाए यस्तो जुक्ति…

एजेन्सी। मान्छेलाई अचानक रोगले च्याप्यो भने के सम्म गर्न सक्छ भन्ने कुरा चीनमा घटेको छ। हृदयघात हुँदा धेरैको ज्यान जाने हुन्छ ! तर कोहि भाग्यमानी भने बाच्न सफल हुन्छन ।

समाचारमा जनाईए अनुसार केहि महिना अगाडी मात्र शिजियाजुआंग स्थित एक रेलवे स्टेशनमा रेल कुरिरहेको बेला अधवैशे उमेरका एकजना चिनिया नागरिकलाई अचानक हृदयाघात भएर ढले ।

तर नउी तर्फ त्यहाँ भएका अरु कसैको ध्यान गएन् । उनले आफु तर्फ कसैको ध्यान नतानिएको देखेपछि एउटा जुक्ति लगाए । त्यो जुक्ति के भने, उनले आफुसँग भएका पैसाका नोटहरु निकालेर फ्याँक्न सुरु गरे । पैसा फ्याँक्न थालेको देखेपछि सबै मानिसको ध्यान उनी तर्फ गयो । उनले रगत बान्ता गरिरहेको अरुले देखे । त्यसपछि उनलाई उद्धार गरी अस्पताल पुरयाईयो ।

नाम नखुलाइएका ती व्यक्तिको थर ली हो । उनी आफ्नी बिरामी आमालाई भेट्न रेल चढेर क्विनहुआंगदाओ सहर गैरहेको समाचारमा जनाईएको छ ।