काँग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा ड़ा भट्टराईको असन्तुष्टि

काठमाडौँ, ७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आजको संसद बैठक अवरुद्ध पारेकोमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई पनि आग्रह गर्दै बैठक अबरुद्ध पारेकोमा असन्तुष्ट ब्यक्त गरेका हुन् ।

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्धय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै संयोजक भट्टराईले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेस संसदमार्फत् जनताको समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।