पुष्पन प्रधानको शब्द र संगीतमा रहेको ‘समर लभ’को नयाँ गीत सार्बजनिक (भिडीयोसहित)

काठमाडौं, ७ माघ । युवापुस्तामाझ निकै नै लोकप्रिय साहित्यकार सुबिन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’मा निर्माण गरिएको चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको छ ।

पुष्पन प्रधानको शब्द र संगीतमा सुमित बिश्वकर्माको स्वर रहेको ‘हेरन बाझो मनभरी’ बोलको गीत सार्बजनिक गरिएको हो ।

यो चलचित्रबाट ‘अतित’ को भूमिकामा टीभीसी र पेपर एडमा प्रस्तुत भइसकेका मोडल आशिष पियाले डेब्यु गरेका छन् भने ‘साया’को बोल्ड भूमिकामा रेवती क्षेत्रीले अभिनय गरेकी छिन् । उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन् ।

समर लभ युवापुस्तामाझ निकै चर्चित पुस्तक हो । चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ । चलचित्रलाई मान कृष्ण महर्जनले छायाङ्कन गरेका छन् ।