यस्ता लक्षण देखिएमा थाहा पाउनुहोस् तपाइँलाई क्यान्सर भयो !

काठमाण्डौं, ७ माघ । प्राणघातक रोगमध्ये एक हो क्यान्सर । क्यान्सरले बर्षेनी विश्वमा धेरै मानिसको ज्यान जाने गरेको छ । पछिल्लो समय नेपालमा पनि क्यान्सरका कारण धेरैले ज्यान गुमाएका छन् । हामीले सामाजिक संजालमा क्यान्सर रोगीलाई सहयोगका लागि अपिल गरिएको पनि धेरै देख्ने गरेका छौं । क्यान्सर एकै खालको नभई शरीरका विभिन्न पार्टमा लाग्ने विभिन्न किसिमका हुन्छन् । यो रोग लाग्नुभन्दा अघि वा लागिसकेपछिको अवस्थामा विभिन्न लक्षणहरु देखिन्छन् । पहिले नै सचेत हुनको लागि आज हामी तपाइँलाई केहि त्यस्ता लक्षणको बारेमा बताउने छौं । यदि यी लक्षण तपाईमा देखा परेको छ भने तपाईलाई क्यान्सर पनि भएको हुन सक्छ ।

लक्षणहरु

– थकान र कमजोरी महसुस हुन्छ ।

– जोर्नी र जोर्नीको आसपास दुख्छ ।

– मुख, घाँटी, छाला, फोक्सो आदिमा पटक पटक संक्रमण देखिन्छ ।

– तौल अस्वभाविक रुपमा घट्दै जान्छ ।

– घाँटीमा एउटा गाँठो देखिन सक्छ ।

– समय–समयमा ज्वरो आइरहन्छ ।

– सामान्य चोट लाग्दा पनि बढी रगत आउँछ । नाक, गिजाबाट पनि समय समयमा रगत बग्छ । यस्तै महिनावारीको समयमा महिलाको बढी रगत आउने समस्या हुन्छ ।

– भोक कम लाग्न सक्छ, थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ ।