कांग्रसले संसद बैठक अवरुद्ध गरेपछि नेकपा सांसद विडारीले अध्यक्षलाई प्रश्न गरे – ‘संसद्को कुन नियमअन्तर्गत कोही बस्ने कोही उठ्ने भएको हाे र कति सांसद उठेपछि संसद नचल्ने हो ?’

काठमाडाै, ७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले राष्ट्रिय सभा अध्यक्षसामु प्रश्न तेर्स्याएका छन् ।

विडारीले ‘संसदको कुन नियमअन्तर्गत कोही बस्ने कोही उठ्ने भएको हाे?’ भन्दै अध्यक्षसँग प्रश्न गरेका हुन् ।

उनले भने, ‘कुन नियमअन्तर्गत कति सांसद उठेपछि संसद नचल्ने हो? यो प्रकारको अन्योलको परिस्थिति रहनु भएन नी, अध्यक्षज्यू?’, उनले थपे, ‘यसप्रकारको थितिले न देश अघि बढ्छ, न संसदीय व्यवस्था अघि बढ्छ ।’

प्रतिपक्ष दलका सांसदले बैठकमा आफ्नाे स्थानमा उठेर अवरुद्ध गरेपछि सुनसान बैठकको बीचमै उठेर उनले अध्यक्षलाई प्रश्न राखेको बताइएको छ ।