ठगि गर्ने पेट्रोल पम्प विभागले लगायो सिलबन्दी !

काठमाडौं, ७ माघ । ठगि गर्ने पेट्रोल पम्पबिरुद्ध नेपाल गुणस्तर तथा नापतौल विभाग आक्रामक रुपमा उत्रिएको छ ।

विभागले काठमाडौंमा रहेको मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपार्टी फुअल सेन्टरले ठगी गर्ने गरेको पाइएपछि दुवै पम्पमा सिलबन्दी गरिको छ ।

विभागले अनुमगनका क्रममा दुवै पेट्रोल पम्पले पल्सर वा सेन्टर युनिटमा लागेको सिल किर्ते गरी नक्कली सिलको प्रयोग गरेको प्रमाणित भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो ।

नक्कली सिलको प्रयोग गरिएको प्रमाणित भएपछि स्ट्याण्डर्ड नाप र तौल ऐन २०२५ अनुसार तथा नियमावली २०२७ अनुसार दुवै पम्पमा सिलबन्दी गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको विभागको भनाई छ ।