पुर्वपति मनोजसँगै गायिका अञ्जु पन्तले ल्याए यस्तो प्रेम विछोडमा आधारित गीत (भिडियो)

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रको एक चर्चित नाम हो अन्जु पन्त। उनको स्वरको जादुमा नझुम्मे को हो र ! गीत संगीत क्षेत्रमा सुखद नाम कमाएकी पन्तको दाम्पत्य जीवन भने चाही भनेजस्तो सुखमयी हुन् सकेन । उनका पुर्व पति मनोज राज सिवाकोटीसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले फेरी संगै देखिएकी छिन । तर उनीहरु वास्तविक जीवनमा भने होइन ।

उनीहरूले गीत संगीतमा पुन:सहकार्य गरेका छन् । अन्जु पन्त र मनोज राजको स्वरमा  ‘सम्झे पनि तिम्रो याद’ बोलको गजलको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुरेश वाग्लेको शब्दमा अन्जु पन्त र मनोज राजको स्वर दिएका छन् ।

माया प्रेम र विछोडमा आधारित गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने । म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, अनिल थापा र गजलकार वाग्लेको अभिनय छ । सचिन सिंहले संगीत संयोजन गरेका छन् ।