सुन किन्ने सोंचमा हुनुहुन्छ ? जान्नुहोस् आजको बजार मूल्य

काठमाडौँ, ७ माघ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आइतबार तोलामा २ सय रुपैयाले घटेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ६० हजार ८ सय रुपैयामा किनबेच भएको छापावाला सुन आज तोलाको ६० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ६० हजार ६ सय रुपैंयामा किनबेच भइरहेको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ७ सय ५५ रुपैयामा किनबेच भएको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा बिक्रि भइरहेको महासंघले जनाएको छ ।