विप्लवका सहयोद्धा भन्छन् : ‘हाम्रा कार्यकर्तामाथि धरपकड गरे सरकारका मान्छेलाई गिरफ्तार गरिन्छ !’

काठमाडौँ , ७ माघ । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) ले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग जनताले हिसाव लिने बताएको छ ।

आइतबार सल्यान ढोरचौरमा “विप्लव” नेतृत्वको ने.क.पा ले संचालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ को उद्घाटन गर्दै ने.क.पा. का केन्द्रीय सदस्य चिरण पुनले यस्तो बताएका हुन् ।

नेता पुनले जनतालाई झुटो आश्वासन दिएर युद्ध लडाएको र लडाईको मैदानबाटै भागेको भन्दै जनयुद्धको नेतृत्व गरेका प्रचण्डसँग जनताले एकदिन हिसाब किताब लिएर छाड्ने बताएका बताए ।

झुपडीबाट क्रान्तिको कमाण्डर बनेका प्रचण्ड अहिले महलमा गएर पुँजीवादीसँग रमाएकाले उनीसँग हिसाब लिनुपर्ने नेता पुनको भनाई थियो । आफ्नो पार्टी ने.क.पा.ले नेपालमा छुट्टै सत्ता बनाएको जानकारी दिँदै अब जनताका समस्याहरुको समाधान जनसत्ता मार्फत गरिने बताए ।

आफ्नो पार्टीले क्रान्ति गर्ने उद्घोष गर्दा कार्यकर्तामाथि दमन गरेको भन्दै उनले आफ्ना कार्यकर्तामाथि धरपकड गरे सरकारका मान्छेहरु गिरफतार गर्ने चेतावनी समेत दिएका छन् ।

नेता पुनले आफनो पार्टी देशको एक मात्र असल कम्युनिस्ट पार्टी भएको बताऊँदै आफनो पार्टी शसक्त राजनैतिक शक्तिको रुपमा उदाएको स्पष्ट पारे ।