नेपाल आइडलबाट एकाएक चर्चामा आएकी करिश्माको गुल्मीमा बब्बाल डान्स सहित गित (भिडियो)

काठमाडौँ। नेपाल आइडलको सिजन २ बाट एकाएक चर्चामा आएका करिश्मा विष्ट हिजो आज स्टेज पर्फमेन्समा पनि ब्यस्त हुन थालेका छन। उनको र्याप र बाबुलाई सम्बोधन गरेको कबिता नेपाल आइडलबाट हिट भएको थियो ।

१७ वर्षीय  किशोरी करिश्मा विष्ट नेपाल आइडलमा धेरै अगाडी जान नसके पनि उनको चर्चा भने फाइनलिस्ट जत्ति कै छ। अडिसनमा विष्टले यस्तो र्‍याप गाइन् की सबै जजहरू चकित परे । उनले आफ्नो जीवन र युवापुस्ताको विषयमा र्‍याप बनाएर स्टेजमा प्रस्तुत गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। उनी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिए पनि छोटो समयमा आफूलाई चिनाउन सफल भइन्।उनले हालै गुल्मीमा आयोजना गरिएको एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन्। उनले कार्यक्रममा गीत मात्र गाइनन् आफ्नो नृत्यले सबैलाई मनोरञ्जन दिइन्। उनको ताजा पर्फमेन्स हेर्नुहोस :