संसारकै दोस्रो धनी व्यक्ति बिल गेट्स मात्र ८ डलरको खाजा खान्छन् , खाजा लिन आँफै बसे सर्वसाधारणको लाइनमा !

काठमाडौ, ७ माघ । संसारमा अरबपतिहरु के खान्छन्, कसरी बस्छन्, कस्तो ओछ्यानमा सुत्छन्, के लागाउछन् लगायतका यावत कुरा सर्बसाधारणको मनमा खेलिरहने कुरा हो । तर यस्तो सोचाइ मिथ्या साबित भएको छ ।

विश्वकै दोस्रो धनाड्यको सूचिमा पर्न सफल व्यक्ति बिल गेट्सको एउटा फोटो यतिबेला इन्टरनेटमा भाइरल भएको छ । जुन फोटोमा बिल गेट्स ८ डलरको खाजा लिन लागी एक रेस्टुराँ अगाडी सर्वसाधारणको लाइनमा बसिरहेका छन् । उनको यो फोटोलाई उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले आफ्नो फेसबुकमा पेजमा सेयर गरेका थिए । उनले क्याप्सनमा यस्तो लेखे , ‘ तपाईं अरर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

वास्तवमा उनि बर्गरका पारखी भएकाले आफै बर्गर खानको लागी सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टमा सर्वसाधारणसँग लाइनमा बसेका थिए । उनी यसभन्दा अगाडि पनि एक अन्तर्वातामा आफु साधारण व्यक्ति जसरी नै हिड्ने साधारण स्वभावको भएको , कुनै विशिष्टि कुरामा सोखिन नभएको बताएका कारण चर्चामा आएका थिए ।

लोसले अपलोड गरेको उक्त फोटोमा अहिलेसम्म २० हजार बढी लाइक पाइसकेको र १६ हजार बढी पटक सेयर भइसकेको छ । उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि छड्के हान्दै यस्तो लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन ।’