मोवाइलको पासवर्ड नदिदा निर्दयी श्रीमतीले श्रीमानलाई पेट्रोल खनाएर आगो लगाई हत्या गरिदिए..

एजेन्सी । इण्डोनेशियामा एक महिलाले आफ्नो श्रीमानलाई पेट्रोल खन्याएर जलाएर हत्या गरेकि छिन । श्रीमानले मोवाइलको पासवर्ड माग्दा नदिएपछि रिसको झोकमा श्रीमतीले आगो लगाएर हत्या गरेकी अन्तराष्टिय मिडिया डेली मेलले जनाएको छ ।

घटना इण्डोनेशियाको पूर्वी क्षेत्र लोम्बोकको हो । यहाँ २६ वर्षका देदी पुरनामा नामका व्यक्ति घरको छतमा सफाइको काम गर्दै थिए । यही बेला उनकी पत्नी इल्हाम काहानीले उनीसँग उनको मोवाइलको पासवर्ड सोधिन् ।

देदीले पासवर्ड बताउन नमानेपछि सुरु भयो झगडा । त्यसपछि ती दुईबीच झगडा सुरु भयो । देदी रिसाउँदै छतबाट तल आए, झगडा झनै बढ्यो । त्यसपछि ती दुईबीच मारपीट सुरु भयो । ती दुईबीच झगडा यति बढ्यो कि देदीकी पत्नी इल्हामले पेट्रोल ल्याएर पतिको शरीरमा खन्याइन् र आगो लगाइदिइन् । शरीरमा आगो सल्किएपछि चिच्याउदै छिमेकी घरमा पुगेपछि बल्ल छिमेकिले शारिरको आगो निभाई दिएका थिए ।

देदीको शरीर पूरै जलेको थियो र शरीरको बाहिरी भागमा गहिरो घाउहरु भएका थिए । अस्पतालमा दुई दिनसम्म उपचार हुँदा पनि उनको स्वास्थ्यमा सुधार आएनपछि अन्ततः उनले मृत्यु भयो ।  श्रीमतीलाई प्रहरीले हिरासतमा लिएर थप छानविन भैरहेको छ ।