बजारबाट फर्किदै गर्दा चितवनमा १६ वर्षीया चेपाङ किशोरी दिउँसै बलात्कृत

 चितवन,७ माघ । चितवनमा चेपाङ किशोरी बजारबाट फर्किदै गर्दा दिउँसै बलात्कारको शिकार भएकी छिन । आइतबार दिउसो करिब साढे २ बजे धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरीलाई अपरिचित युवकले बाटैमा बलात्कार गरेका हुन्।

चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा मंगलबार बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ ।