सरकारी होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत छात्राले जन्माइन् बच्चा !

ऐजेन्सी, ७ माघ । सरकारी स्कुलको होस्टेलमा बस्ने ३ जना छात्रा गर्भवती भएको खबरले अहिले अन्तर्राष्ट्रिय संचारमाध्यम तातिएको छ ।

भारतको ओडिशा राज्यको ढेन्कनाल, कालाहाडी र जाजपुर जिल्लामा सरकारी स्कुलको होस्टेलमा बस्ने तीन छात्रा गर्भवती भएका हुन् ।

ओडिशा प्रहरीका अनुसार तीन जना मध्ये एकले भने होस्टेलमै बच्चा जन्माएकी छन् ।

ढेन्कनाल जिल्लाको सप्तसजायमा पर्ने एक स्कुलको छात्रावासमा कक्षा ८ मा पढ्ने छात्रा गर्भवती भएको कुरा सोहि स्कुलका प्रधानाध्यापक जर्नादन समालले प्रहरीलाई बताएका थिए । ढेन्कनालका उप-विभागीय प्रहरी अधिकारी एस के करीमले सो छात्रामाथि अनुसन्धान सुरू गरिएको बताएका छन् । छात्राले दिएको बयान अनुसार जाजपुर जिल्लाको कालियापानीका एक युवकलाई पक्राउ गरिएको छ ।

यसअघि पनि भारतकै कन्धमाल जिल्लाको एक जनजातीय विकास विभागद्वारा सञ्चालित स्कुलको होस्टेलमा १४ बर्षीया छात्राले बच्चालाई जन्म दिएको थियो ।