रौनियार र चाैधरी सांसद पद धरापमा, निलम्बित हुने सम्भावना प्रवल !

काठमाडौं, ७ माघ । प्रतिनिधि सभाका सांसदद्वय रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित हुने अवस्थामा रहेका छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको चालु अधिवेशनमा उनीहरुले अहिलेसम्म भाग लिन पाएका छैनन् ।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।

यता अर्का संसद हरिनारायण रौनियार भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएकाले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।रौनियार र चाैधरी सांसद पद धरापमा, निलम्बित हुने सम्भावना प्रवल !रौनियार र चाैधरी सांसद पद धरापमा, निलम्बित हुने सम्भावना प्रवल !