पदच्युत गरिएका स्पेनका राजदुत रायमाझीले दिए सरकारलाई नै चुनौती, फिर्ता बोलाएको महिना दिन बित्सक्दा पनि स्पेनकै राजदुतावासमा विराजमान हुँदै !

काठमाडौं, ७ माघ । स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीको स्पेन मोह देखेर सरकार नै दंग परेको छ ।

रायमाझीलाई मन्त्रिपरिषदले गत पुस ९ गते ३ हप्ताको समय तोकेर नेपाल बोलाउने निर्णय गरेको भए पनि उनले अझै स्पेन छाडेका छैनन् ।

रायमाझीले सरकारी निर्णयलाई नै चुनौती दिँदै अझैँसम्म पनि स्पनमै बस्दै आएका छन् मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् ।

परराष्टले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने थियो । तर उनी अझैँ पनि आउने सुरमा छैनन् । पदमुक्त भए पनि उनले म्याड्रिडको राजदुत निवासमा राजदुतको सेवा सुविधा लिएर बसेको समचार न्युज-२४ नेपालमा प्रकाशित भएको छ ।