अमेरिकामा आज पूर्ण चन्द्रगहण लाग्दै, यी राशीलाई हुनेछ लाभ

अमेरिका, ७ माघ । अमेरिकामा आज अर्थात माघ ७ गते रविबार पूर्ण चन्द्रग्रहण लाग्दैछ ।

सन् २०१९ साल जनवरी २० तारिख तदनुसार माघ ७ गते रविबार पौष शुक्लपक्ष पूर्णिमाको दिन लाग्ने ग्रहण वाशिङ्टन डिसीको सूर्योदयानुसार रात्रि २२ः३४ बजे सुरु हुनेछ ।

अर्थात् रात्रिको १० बजेर ३४ मिनटबाट यो ग्रहण शुरु हुने कुरा “मारुतिनन्दन नेपाली पंचाङ्ग’ का ज्यो.पदमलाल ढकाल बताएका छन् । यो ग्रहणको उत्तर अमेरिका, क्यानाडा, दक्षिण अमेरिका लगायत युरोप, एसियाको केही भाग, अफ्रिका, उत्तर–दक्षिण अमेरिका आदि भागमा पूर्णरुपमा ग्रहण देखिनेछ ।

यो ग्रहण लाग्ने समय तालिका यसप्रकार रहेको छः–

स्पर्श २२ः३४ बजे, अर्थात् १०ः३४ बजे

मध्य २३ः४१ बजे, अर्थात् ११ः४१ बजे

मोक्ष २५ः५० बजे, अर्थात् १ः५० बजे

सुतक प्रारम्भ दिनको १२ः५० बाट रात्रि १ः५० बजेसम्म रहने छ । अर्थात् ग्रहणको सुतक दिनको १२ बजेर ५० मिनटदेखि नै आरम्भ हुन्छ र रात्रि ग्रहण समाप्ति सम्म रहने छ। यो ग्रहण ३ घण्टा १५ मिनट सम्म रहने छ ।

राशीअनुसार ग्रहण हेर्दाको फल

मेषलाई–व्यथा। वृषलाई–श्रीप्राप्ति। मिथुनलाई–क्षति। कर्कटलाई–घातक।

सिंहलाई–व्यय। कंन्यालाई–लाभ। तुलालाई–सुख। वृश्चिकलाई–मान नाश।

धनलाई–कष्ट। मकरलाई–स्त्री पीडा। कुम्भलाई–सौख्य। मीनलाई–चिन्ता

पुनर्वसु नक्षत्रीय व्यक्ति र कर्कटराशिलाई विशेष कष्टदायक छ । अन्य राशिका जातकलाई पनि विशेष चश्मा, दूरबीन आदि उपकरण बिना नहेर्नु होला ।