फिटकिरीको प्रयोगले बचाउनुहोस कपालदेखि मुटुसम्म !!

एजेन्सी । फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ ।

मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस् । १५/२० मिनेट पश्चात चिसो पानीले धुनुस् । हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ। दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ । म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ । तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०/१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस् ।

हप्तामा २/३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ । जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो । फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ । फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस् । शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ । फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ । साथै हृदयघातको सम्भावना समेत कम गर्छ ।

चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ । मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ । टन्सिनको समस्या छ भने फिटकिरी पानीले गारगर गर्दा छिटो सन्चो हुन्छ । काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस् । रगत बन्द हुन्छ । साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो ।