यस्ता सपना देख्नुभयो भने हुनेछ अचानक धन लाभ

एजेन्सी । स्वप्नशास्त्रका अनुसार केही सपना यस्ता हुन्छ जसलाई देख्दा धनलाभ निश्चित हुन्छ ।

शास्त्रअनुसार जान्नुस् कस्ता सपना देख्दा हुन्छ धनलाभः
१) स्वप्न (सपना)मा जब तपाईले अचानक जुरुक्क उठेको वा आफ्नो आलोचना भएको देख्नु धनप्राप्तिको संकेत हो ।

२) स्वप्नमा यदि तपाईलेसानो बालक कम्मर हल्लाएर हिडिरहेको दख्नुभयो भने चाँडै कतैबाट धन मिल्नेछ ।

३) स्वप्नमा जब कसैलाई कसैको पनि रुपमा विष्ठा देख्नुहुन्छ भने धन मिल्ने संकेत हो ।

४) स्वप्नमा आफूलाई स्नान (नुहाउनु) गरिरहेको, वा कुनै अरु स्नान गरिरहेको देख्नुभयो भने यात्राको योग बन्छ र त्यो यात्रामा धन लाभ हुनसक्छ ।

५) स्वप्नमा कसैलाई केही दिइरहेको वा केही लिइरहेको देख्नुभयो भने धनसम्पत्ति प्राप्त हुने संकेत हो । स्वप्नमा जब कुनै व्यक्तिबाट कुनै वस्तु खोसेर भागेको देख्नुले पनि धन लाभ हुन्छ ।

६) स्वप्नमा जो व्यक्ति जागिरको खोजी गर्दा भौतारिन्छ उसलाई निश्चिय धन प्राप्त हुन्छ । कुनै गुरुद्धारे वा भण्डारमा लंगर खाना देख्नु धनसम्पत्ति बढ्ने संकेत हो ।

७) स्वप्नमा तपाईले खेतमा सिचाइ गरिरहेको देख्नु धनप्राप्तिको संकेत हो । स्वप्नमा सर्पको केंचली अर्थात छाला देख्नु पनि धन बढ्ने संकेत हो ।

८) स्वप्नमा जब तपाईले गाई वा बाच्छासँग आफूलाई देख्नु र बाच्छाले दुध चुसिरहेको देख्नुले सम्पत्ति वृद्धि हुन्छ । स्वप्नमा मन्दिर देख्दा पनि धन लाभ हुन्छ ।