सनी लियोनि एक महान नारी हुन् जसले कालो बर्ण भएकै कारण ११ जनाबाट अस्वीकार गरिएकी बच्चीलाई स्वीकार गरिन् !

एजेन्सी, ६ माघ । पुर्व पोर्न स्टार सन्नी लियोनिलाई कतिले नकारात्मक रुपमा हेर्ने गर्छन् तर उनको भित्रि कुरा थाहा पाउने जत्तिले उनलाई महान व्यक्ति ठान्छन् । उनले पोर्नलाई आफ्नो पेशा बनाइन् त दुनियाको के बिग्र्यो ? आखिर उनले अन्य ब्यक्तिलाई घाटा पुग्ने काम त गरेकी हैनन् । यद्यपी अहिले उनले त्यो पेशा पनि पूर्ण रुपमा छोडी सकेकी छिन् र अहिले उनि बलिउडमा काम गर्न थालेकी छिन् ।

सन्नी यतिबेला ३ बच्चाकी आमा बनिसकेकी छिन् तर ती सबै बच्चा ‘सोरोगेट मदर’ बाट जन्माइएको हो । उनको २ छोरा र १ छोरी छिन् । छोरीको कुरा गर्नु पर्दा अलिक कालो बर्णकी छिन् । यहिँ बर्णको कारण उनलाई ११ जनाले अस्वीकार गरेका थिए । सन्नी त्यहिँ मानिसको भिडभित्रको एक महान नारी हुन् जसले, ११ जनाले अस्विकार गरेको बच्चीलाई आफुले सहस्र स्वीकार गरिन र अगाध मायाका साथ् पालन पोशण गरिरहेकी छिन् ।

शनिबार सनीलाई पति डेनियल वेबर र उनै छोरी निशा कौर वेबरसँग देखियो । यो क्रममा निशा आफ्नी आमा र बुवाको हात समाएर घुम्दै गरेको देखिन्थ्यो। तर अचानक निशा आफ्नी आमाको काखमा जान खोजिन्। आफ्नो काममा आउन निशा रोएको देखेपछि सनीले उनलाई आफ्नो काखमा लिइनन् र शान्त गराइन्। सनीको काखमा आउने वित्तिकै निशा रुन छोडिन् र हास्न थालिन् ।

सनीले ३० सेप्टेम्बर २०१६ मा साराको वेब पोर्टलमार्फत बच्चीलाई धर्मपुत्री बनाउन आवेदन दिएका थिए। आवेदनको नौ महिनापछि २१ जुन, २०१७ मा उनीहरुलाई बच्चीका विषयमा जानकारी दिइएको थियो ।