ढोरपाटन महिला भलिबल : श्री गाउँ, सेब र आर्मी विजयी

काठमाडौँ, ६ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लब, दाङको श्री गाउँ खेलकूद विकास समिति र सेब स्कूल १४औँ ढोरपाटन महिला भलिबल प्रतियोगितामा विजयी भएका छन् ।

आज सम्पन्न खेलमा श्री गाउँले ढोरपाटन स्पोर्टस क्लबलाई २५–४, २५–९ र २५–९ अङ्कले हराएको हो । अर्को खेलमा सेब स्कूलले आयोजक ढोरपाटनलाई २५–१६, २५–२० र २५–२१ अङ्कले पराजित ग¥यो । यस्तै विभागीय टोली आर्मीले मकवानपुरको टिमलाई २५–७, २५–९ र २५–१२ अङ्कले हरायो ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुनेले रु दुई लाख, तेस्रोेले रु एक लाख, चौथोले रु ६० हजार, पाँचाँैले रु ४० हजार, छैटौँले रु ३० हजार तथा सातौँ स्थान प्राप्त गर्ने टोलीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयीमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक भाग्यमानी दर्शकले एक÷एक स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले रु छ÷छ हजार प्राप्त गर्ने छन् । रासस