तुईन तान्ने ८० वर्षे बाजेकै छाप्रोमा सहयोग बोकेर पुगे नेपाल आइडल रबि ओड, सहयोग पाउदा यसरी धुरुधुरु रोए (भिडियो सहित)

बेनिघाट । देश गरिब भएपछी देशका जनताहरुको दुख झन् टिस लाग्दो हुने रहेछ । यस्तै एक गरिब बृद्दको दुख देख्दा जो कोहीको आखाबाट आशु आउनेछ ।

बिगत २० बर्ष देखि त्रिशुली नदीको माथि रहेको तुईन तानेर ८० बर्षिय वृद्ध जसले आफ्नो जीवन गुजारा गरिरहेका छन् । आराम गरेर बस्ने उमेरमा काम नगरी हातमुख जोडीदैन उनको । घर छैन उनको न त परिवार नै छ । एक अपाङ्ग छोराको साथमा उनि त्यहि तुईनको खम्बा तल बस्न बाध्य छन् ।

आफुलाई सहारा दिने बेला बृद्द शुक्र बहादुर चेपाङले आफ्नो अपाङ्ग छोरा पाल्नु परेको छ । उनको छोराले केहि बुझ्दैन, न त बोल्न सक्छन । ८० बर्षिय वृद्धको नागरिकता पनि छैन । अहिले सम्म वृद्ध भत्ता पनि पाएका छैनन् । हेर्नुस त कस्तो बिडम्बना । अहिलेको बेलामा पनि यस्तो दुखमा यी व्यक्ति बसिरहेका छन् ।

उनको दुखलाई देखेर विदेशबाट आएको आर्थिक सहयोग बोकेर नेपाल आइडल सिजन दुइका बिजेता रबि ओड त्रिशुली पुगेका छन । यो भिडियोलाई धेरै भन्दा धेरै शेयर समेत गर्नुहोस ताकी उनि समक्ष अरु सक्दो सहयोग पुगोस ।

हेर्नुस यो दर्दनाक भिडियो: