प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेका सलमान प्रियंका र निकलाई नै नभेटी पार्टीबाट रिसाउदै बाहिरिएको संसनिपुर्ण खुलासा, आखिर के थियो त कारण ?

काठमाडौ, ६ माघ । बलिउडकी चर्चित नायिका प्रियका चोपडा र गायक निक जोनसको विवाहको रिसेप्सनको शुरुवातमै पुगेका बलिउड किङ सलमान खान प्रियंका र निकलाई नभेटी नै बाहिरिएको खबर सार्बजनिक भएको छ ।

धेरै विशिष्ट व्यक्तिहर र कलाकारहरुको उपस्थिति रहेको पार्टीमा सलमान दुवै जनालाई नभेटि नै बाहिरिएका हुन् ।

खासमा सलमान दुवै जनालाई बधाई दिन विवाहको रिसेप्शनमा सुरुवातमा नै पुगेका थिए । सुरुवातमा नै प्रियका र निकलाई नै नभेटी केही समय मिडियासामू रमाएर फोटो समेत खिचाउन भ्याए । तर निक र प्रियकाले ढिलाई गदै पार्टीमा पुगेका पाहुना र होस्टको याद नै गरेनन् । त्यसपछि भने सलमान प्रियंका र निकलाई नेभेटी पार्टीबाट रिसाउदै निस्केका थिए ।

त्यसो त फिल्म भारत छोडेपछि नै प्रियंकासँग सलमान रिसाएका थिए । तर पनि प्रियकाले मनाएपछि पार्टीमा आएक थिए ।

यद्यपी रिसाएको सलमानलाई फकाउन रिसेप्शन पार्टी सकिने बित्तिकै प्रियंका पति निकको साथ त्यस दिनको राति नै सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगिन् । त्यसपछि पार्टीमा भएको गल्तीको माफी माग्दै सबै कारण सुनाएपछि सलमान र उनको परिवार खुसी भए । त्यसपछि भने सलमानले दुवै जनालाई दाम्पत्य जीवनको शुभकामना दिए ।