फैसला कार्यान्वयन वर्ष परिणाममुखी बनाइने

विराटनगर, ६ माघ । कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका ३२६ जनालाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज अदालतमा दाखिला गरेको छ ।

जिल्ला अदालत तथा उच्च अदालतबाट फैसला भएको तर कैद र जरिवना भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले देखाएको सक्रियताबाट पक्राउ परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरु चोरी, कर्तव्य ज्यान, लागुऔषध र ठगी मुद्दाका छन् ।

सर्वोच्च अदालतले घोषणा गरेको फैसला कार्यान्वयन वर्षलाई परिणाममुखी बनाउन खोजकार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ । रासस