‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ विराट फूटवेयर एक्स्पो प्रदर्शनी हुने

विराटनगर, ६ माघ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ विराट फूटवेयर एक्स्पो प्रदर्शनी हुने भएको छ ।

नेपाल जुत्ताचप्पल म्यानुफ्याक्चरिङ नेपालद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विराटनगरको मेनरोडमा यही माघ ९ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा नेपालका १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने छ । एक्स्पोमा राखिएका सामग्रीमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइने मेला आयोजक सङ्घका संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

“आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न तथा सर्वसाधारणलाई एउटै छानामुनि गुणस्तरीय र सस्तो जुत्ताचप्पल उपलब्ध गराउन एक्स्पो आयोजना गरिएको हो,” उहाँले भन्नुभयो । रासस