चर्चित बलिवुड अभिनेता गुल्सन ग्रोबर अभिनित नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ । चर्चित बलिवुड अभिनेता गुल्सन ग्रोबर अभिनित नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रलाई हलिउड, बलिउड र नेपालमा एकैसाथ रिलिज गर्ने तयारी गरिएको छ।

यस चलचित्रमा गुल्सन ग्रोबरले मात्र हैन अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउडका अभिनेता गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार अभिनेता जोसे म्यालुअलसँग नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना, कर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यस चलचित्रको लगानी पांच करोड भएको बताइएको छ । नेपालमा र अमेरिकाको लस एन्जल्समा छायांकन गरिएको यस चलचित्रलाई पेमा डोन्दुपले निर्देशन गरेका हुन्।

ट्रेलर हेर्नुहोस :