ललितपुर मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौं,६ माघ । ललितपुर मालपोत कार्यालयका नायब सुब्बा कुमारबहादुर राजभण्डारीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीलाई घुससहित पक्राउ गरेको हो ।

राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।