चलचित्र ‘नेचर गाई’ को ट्रेलर सार्बजनिक (भिडियोसहित)

काठमाडौं, ६ माघ । चलचित्र ‘नेचर गाई’को ट्रेलर सार्वजनिक भएको छ ।

युगल पोमोको निर्देशन रहेको चलचित्रको ट्रेलर आइतबार सार्बजनिक गरिएको हो ।

ट्रेलरमा हिमाली भेगको रहनसहन, रमणीय दृश्य तथा सांस्कृतिक पक्षलाई समावेश गरिएको छ । मौलिक कथामा आधारित फिल्मले प्रकृत्ति र मानवबीचको सम्बन्धलाई प्रस्तुत गरेको छ ।

श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघालीलगायतको अभिनय रहेको फिल्ममा निर्देशक स्वयम्‌कै कथा लेखन रहेको छ । श्याम इङ्नाम, रेजिन साँबा, हिम सिंघक निर्माता रहेको फिल्ममा बिक्रम राईको स्वर र संगीत तथा जानु काम्बाङको शब्द रचना रहेको छ ।

दुई सय बढी म्युजिक भिडियो निर्देशन गरिसकेका पोमोको फिल्म ‘नेचर गाई’ भने डेब्यू निर्देशन हो ।

ट्रेलर हेर्नुहोस् :