चीनले आफ्नो सेनाका लागि मात्रै बनाउने भयो १३ लाख किलोमिटर सडक !

काठमाडौं, ६ माघ । चीनले सन् २०२० सम्म देशको अधिकतम क्षेत्रमा आफ्नो सेनाको पहुँच बढाउनका लागि १३ लाख किलोमिटर सडक र २६ हजार किलोमिटर एक्सप्रेसवे निर्माणको योजना बनाएको छ ।

पेन्टागनले अमेरिकी कंग्रेसलाई यस बारे आधिकारिक जानकारी दिएको हो ।

पेन्टागनले सन् २०१९ को रिपोर्ट चाइना मिलिटरी पावरमा चीनको रेल नेटवर्क लगभग एक लाख किलोमिटरको लीगमा फैलिएको उल्लेख छ ।

रिपोर्टअनुसार, चीनले परिवहन नेटवर्कमा सुधार गरेर पीपुल्स लिबरेसन आर्मीलाई देशको धेरभन्दा धेर क्षेत्रमा पहुँच बढाउनेछ ।

स्मरण रहोस् चीनको पीएलए संसारकै कुनै एक देशको सबभन्दा ठूलो सेना हो ।