आमाले छाडेर गएपछि संसारमा एक्लै परेपछि… समाजसेवी तथा गायक जितेन वान्तावा (भिडियो)

काठमाडौँ । समाजसेवी तथा गायक जितेन वान्तावाको मर्मस्पर्शी गीत “आमा” को म्युजिक भिडियो युट्युबमा सार्बजानिकभएको छ ।

गायक जितेन वान्तावाको स्वर,संगीत र निर्देशन गरेको भिडियोको शब्द प्रतिमा गुरुङले लेखेका हुन् । भिडियोमा जितेन वान्तावा, अहिलेका चर्चित हास्यकलाकार फुलेन्देको आमा (उमेश राई),सेक्युरेटीवाली हेमा राईको मुख्य भूमिकामा देखिन्छ ।

भिडियोमा स्वर्गीय आमालाई सम्झेर छोराछोरीले दुख पाएका क्षणहरु देखाइएको छ । आमाले छाडेर गएपछि सहारा विहिन विचल्ली परेका छोराछोरी अवस्थालाई जस्ताको त्यस्तै देखाइएको छ । आमाले छाडेर गएपछि कान्छी आमाले गरेको व्यवहारलाई पनि देखाइएको छ ।

पावल चाम्लिङ राईको एरेन्जमा शोवाकर पोखरेलले भिडियो खिचेका हुन् । भिडियो जितेन वान्तावाको आफ्नै जितेन वान्तावा अफिसियल च्यानेलमा सार्बजनिक  गरेका हुन् । हेर्नुहोस भिडियो: