पानी लिन गएकी आमाको बाटोमा लडेर अकाल मै मृत्यु भयो तर आमाको वियोगले छटपटीएका उनलाई अझ ठुलो बज्रपात भयो जब दाहसंस्कारको लागी कोहि छिमेकी मलामी गएनन् (भिडियो)

एजेन्सी । यो संसारमा यत्ति स्वस्थी समाज पनि बस्दछन जसको मानवीयता नामको केहि कुरा हुन्न । यस्तै एक समाज भारतमा पनि भेटिएको छ । जुन समाजमा बस्ने एक सरोज नामको युवकको जिन्दगिमा यस्तो बज्रपात आइ पर्यो जुन बज्रपात माथि अझ ठुलो आपत परेको छ ।

सरोज उनको एक मात्र आमासंग बस्दथे । तर उनलाई दैबले ठग्यो र बज्रपात आइलाग्यो । एक दिन सरोजको ४५ वर्षीय आमाको पानी लिन जादाँ बाटोमा लडेर अकाल मै मृत्यु भयो । एक मात्र साहारा आफ्नो आमाको अल्पायु मै मृत्यु भएपछी उनको जमिन भासियो । तर उनको दुखद समयमा समाजले साथ दिएन । यति सम्म कि उनको आमाको दाहसंस्कार गर्न सम्म त्यो समाज आएन ।

सरोज विक्षिप्त हुदै आफै आफ्नी आमाको शवलाई साइकलमा राखेर ५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए । उनको मन आमा गुमाएकोले मात्र हैन स्वार्थि समाज सम्झेर पनि बेस्सरी रोयो ।

सरोजले मृत आमाको शव जंगल लादै गर्दा बाटो भरि मानिसहरुले टाढैबाट नियाले मात्र । कसैले नजिक गएर सोधपुछ सम्म गरेनन । बाटोमा आमाको शव साइकलमा लादै गर्दा एक व्यक्तिले खिचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । २१ औ सताब्दीमा पनि यस्तो अन्धविस्वासी समाज छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

भिडियो तल हेर्नुहोस :