कमेन्टमा गाली आएपछि हेमा राईले कान समातेर माफी मागिन (भिडियो)

काठमाडौँ । सामाजिक संजाल युट्युब मार्फत निकै चर्चामा आएकी सेक्युरेटीवालीको नामले चिनिएकी हेमा राई यति बेला सफलताको शिखरमा हिड्ने कोसिस गर्दै छिन् ।

धेरै जनाले उनको साहस,आत्मविश्वास,निडरतालाई सलाम नै गरे । छोरी मान्छेले पनि बाबुको अनुपस्थितिमा आमा र बहिनिलाई पालिरहेकी छिन । चौतर्फी उनको प्रसंसा आएपछि उनले दुई वटा म्युजिक भिडियोमा समेत अभिनय  गरिसहेकी छिन । भने अब फिल्ममा पनि अभिनय गर्ने पक्का भैसकेको छ ।

उनलाई आर्थिक सहयोग भने अझै पनि जुटिरहेको छ । पत्रकार शिशिर भण्डारीले युके बाट पठाएको एल लाख छब्बीस हजार ९ सय पचपन्न रुपैया एक मुस्ट रकम हस्तान्तरण गरे। यो भन्दा पहिले पनि शिशिरले आफैले पनि आर्थिक सहयोग गरेका थिए । भने,अझै पनि थुप्रै म्युजिक भिडियोमा उनले अभिनय गर्दै छिन।