कसैले ‘चोर–चोर’ भनेर चिच्च्याएको भरमा एक निर्दोष युवकलाई कुटी -कुटी मारियो !

काठमाडौं, ६ माघ । नेपालको सिमानजिकै जनकपुर पारी बिहारको सीतामढीमा एक युवकले बिना गल्ति ज्यान गुमाउनु परेको छ ।

कसैले चोर चोर भनि कराउँदा अकस्मात जम्मा भएको भिडले ती युवकलाई कुटी कुटी ज्यान लिएको हो ।

झन्डै २०० भन्दा धेरै जनाको भीडले ती युवकलाई हात, लात र लठ्ठी–डण्डाले कुटेका थिए । मानिसहरुले उनलाई तबसम्म कुटे जबसम्म उनी हलचल गर्नै नसक्ने भएनन् ।

मृत्यु हुनेमा बिहारको सीतामढीका २२ वर्षका रुपेश कुमार झा रहेको बताइएको छ ।

घटनाको शुरुवात यसरी भएको थियो

रुपेशसँग बाइकमा अन्य २ जना साथीहरु पनि थिए । बाइकमा जाने क्रममा एक पिकअप भ्यानका ड्राइभरसँग उनीहरुको विवाद भएको थियो । दुवै पक्षको विवादपछि कुटाकुट भयो ।

पिकअपका ड्राइभर एक्लै र उनीहरु तीन जना भएपछि ड्राइभरले कुटाइ खाए । ड्राइभरले आफू जोगिन र उनीहरुलाई फसाउन त्यत्तिकै ‘चोर–चोर’ भन्दै चिच्याए । पिकअप ड्राइभरको त्यहाँ राम्रो चिनजान भएकोले उनले यसरी चिच्याएपछि भीड जम्मा भयो । भीडले कुरै नबुझी रुपेशलाई कुट्न थाले ।

रुपेशले कुटाइ खाएको देखेपछि उनका दुवै साथी भागे । भीडले रुपेशलाई २ घण्टासम्म कुटिरह्यो । यही बीचमा कसैले पुलिसलाई फोन गरे । पुलिस आए पनि लामो समयसम्म रुपेशलाई भीडबाट बचाउन सकेन किनकि भीडले पुलिसको कुरै सुनेनन् । रुपेशले भीडको अगाडि छोडिदिन आग्रह गरिरहे । उनले रोइरोइ आफू चोर नभएको भन्दै आफ्नो नाम ठेगाना बताइरहे तर भीडले केही सुनेन । जब पुलिसले भीडबाट रुपेशलाई छुटाउन सक्यो त्यति बेलासम्म ढिलो भइसकेको थियो ।

पुलिसले रुपेशलाई भिडबाट छुटाएर उपचारको लागि सदर अस्पतालमा भर्ना गरायो । यहाँ सर्जन नभएपछि रेफर गरियो ।

परिवारले उनलाई डा. वरुण कुमारको निजी क्लिनिकमा लगेकोमा त्यहाँबाट पनि रेफर गरी पिएमसी हस्पिटल रेफर गरियो जहाँ राती उनको मृत्यु भयो ।