नेकपा अध्यक्ष प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भइन

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनदेखि अस्वस्थ्य भएपछि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । सुगर, प्रेसर,ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि अस्पतालमा  डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।