कर्मचारी समायोजनको असर: एसईई परीक्षामा अन्योलमा

काठमाडाैँ,६ माघ । कर्मचारी समायोजनसँगै कर्मचारीको सरुवा हुन थालेपछि एसईई परीक्षा सञ्चालनमा अन्योल भएको छ । सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि एसईई परीक्षाको तयारी गर्न समस्या परेको हो ।

समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन ।

अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने भएपछि बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्न शिक्षा मन्त्रालयसँग माग गरेको छ ।

यस वर्ष करिब करिब साढे ४ लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।