३ पसलबाट तीन लाखको धनमाल चोरी !

बैतडी, ६ माघ । जिल्लाको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ ।

शनिबार राती पसलको ताला तोडी उक्त रकम बराबरको धनमाल चोरी भएको हो ।

डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना तथा मदिरा पसलबाट रु ६६ हजार ८९१ मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

पसल चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।