तराईमा प्रहरीले थाल्यो अपराधीबिरुद्ध सिधै ‘सुटआउट’ रणनीति !

काठमाडौं, ६ माघ । तराईका जिल्लामा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले कारबाही तिब्र पारेको छ ।

केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेवित्तिकै गोली हान्ने रणनीति लिएको हो ।

प्रहरीको रणनीति कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ । जसमध्ये एकजनाको मृत्यु र दुई घाइते भएका छन् ।

सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रुपन्देहीमा एकको ज्यान गएको छ ।