कस्तो बिडम्बना ! भएको पैसा पनि खर्च गर्ने नसक्दा सरकारी ढुकुटीमा थुप्रियो डेढ खर्ब रुपैयाँ !

काठमाडौं, ६ माघ । बजेट अभावमा बिकास हुन नसक्दा सुदुर गाउँका जनताले कति सास्ती बेहोर्नु परेको छ । तर बिडम्बना यता शासन सत्ता चलाउनेहरुले भने राजस्वबाट उठेको पैसा पनि खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा करिब ढेड खर्ब रुपैयाँ थुप्रिएको समाचार सार्बजनिक भएको छ ।

सरकारले विगत वर्षमा जस्तै यो बर्ष पनि खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा माघ ३ गतेसम्म सरकारले खर्च गर्न पाउने रकम नै एक खर्ब ५४ अर्ब पुगेको हो ।

सरकारी आय व्यको तथ्याङ्क राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसाम्म सरकारी ढुकुटीमा एक खर्ब ४४ अर्ब बचत थियो । माघ ३ गतेसम्म यस्तो रकम १० अर्बले बढ्दा करिब डेढ अर्ब भन्दा बढी रकम जम्मा भएको छ ।

सरकारका विभिन्न कोषमा रहेको रकम करिब सवा खर्ब छ । यो रकम भने सरकारले आफ्नो तजविजबाट खर्च गर्न पाउँदैन् । सरकारले पुस मसान्तसम्म ५५ अर्ब ५२ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा छ ।