इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुलले शीर्ष स्थानमा, म्यान्चेस्टर सिटी दोस्रो

ऐजेन्सी, ६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई २–० ले पराजित छ । शनिबार राति होम अवेमा भएको सो खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेण्डर लाकाजेट् र लरेन कोसेल्नीले एक–एक गोल गरेका थिए ।

यसैगरी साउथह्याम्पटनले एभर्टनलाई २–१ ले पराजित गर्दा बर्नमाउथले वेष्ट ह्याम युनाईटेडलाई २–० ले तथा न्यूकासल युनाइटेडले कार्डिफ सिटीलाई ३–० ले हरायो । वाट्फोर्डले बर्नलेसँग गोलरहित बराबरीमा रह्यो ।

शनिबार राति नै भएकाे अर्को खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ४–३ ले हराउँदा म्यान्चेस्टर युनाईटेडले ब्राईटनमाथि २–१ को जित निकाल्यो ।

अहिले प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेर लिभरपुलले शीर्ष स्थानमा छ । म्यान्चेस्टर सिटी ५३ अंकका साथ दोस्रो स्थानमा रहंदा तेस्रो स्थानमा ४८ अंकसहित टोटनह्यामको रहेको छ ।