संसारमै धेरै अप्रेसन हुने पत्थरी के कारणले हुन्छ ? किन पर्छ पत्थरी ? छुट्कारा पाउन यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । पछिल्लो समय शरीरमा पत्थरी अर्थात स्टोन हुनु धेरैको साझा समस्याका रुपमा देखिएको छ। यसको कारण तथा रोकथामका बारेमा भारतीय डा. प्रदिप दुआले केही महत्वपूर्ण जानकारी दिएका छन्।

जानौँ उनका केही जानकारी :

पत्थरीको पर्ने शरीरका विभिन्न भाग
मृगौला, पिसाब नली, पिसाब थैली । यो भागमा पथरी हुने निकै सम्बेदनसिल मानिन्छ।
पित्त थैलीमा पनि पथरी हुन सक्छ।
स्लाइवा ग्याडसमा पनि कहिले कानी पत्थरी देखिने गर्दछ। यो समस्या निकै कम व्यक्तिका देखिने समस्या हो।

र खाना पचाउने प्यानक्रियाज ग्ल्याडमा मा पनि पत्थरीको समस्या देखिने गर्दछ।

के हो पत्थरी हुने कारण ?
शरीरमा क्याल्सियम वा प्रोटिनको मात्रा ज्यादा हुनु,
बढी मात्रामा नुन वा प्रोटिन युक्त खाना खानु,
गर्मी स्थानमा काम गर्नु,
यूरीनरी ब्यडर अर्थात मुत्राशयको बनोटमा गडबढी देखिनु।
लामो समयसम्म बेडमा सुतिराख्नु, तथा बसी राख्दा पनि पत्थरीको समस्या देखिन सक्छ,
लगातार कब्जितको समस्या देखिनु,
किडनीमा इन्फेक्सन हुनु

पत्थरीको समस्याबाट छुट्कारा पाउन यी कुरामा ध्यान दिनुहोस्
सुपारीको सेवन नगर्नुहोस्,
टमाटर चुकन्दर वा पालुङ कम सेवन गर्नुहोस्,
रातो मासु खान छोड्दिनुहोस्, वा कम खानुहोस्,
पानी धेरै पिउनुहोस्।

नोट : पत्थरीको समस्या देखियो भने पहिले चिकित्सकको सल्लाह लिनुहोस्। पत्थरीको आकार हेरेर चिकित्सकले त्यसको पैसला गर्ने गर्दछन्। पत्थरी देखिएको सुरुवाती अवस्था छ भने औषधि सेवन वा घरेलु उपचारबाट पनि समाधान गर्न सकिन्छ। यदी सामान्य तरिकाले पनि पथरी हटेन भने त्यसका लागि शल्यक्रिया पनि गर्नु पर्ने हुन्छ।