दैनिक ३ लिटर सम्म दुध उत्पादन हुन्छ यी महिलाको,धेरै लिटर दुध दान गरिसकेको दाबी

एजेन्सी। भर्खर जन्मेको नवजात शिशुको लागि आफ्नो आमाको दुध धेरै महत्वपूर्ण हुने गर्छ। यस्ता शिशुका लागि आमाको दुध अमृत बराबर हुन्छ। कम्तिमा पनि जन्मेको छ महिना सम्म आमा दुध चुवाउनु पर्छ जसले गर्दा बच्चाको स्वास्थ्य राम्रो हुन्छ। हरेक महिलाहरुलाई आफ्नो पहिलो बच्चालाई स्तनपान गराउनका लागि धेरै असजिलो महशुस हुने गर्छ। महिलाहरु आफ्ना शिशुहरुलाई स्तनपान गराऊँदा दिक्क हुने गर्छन। यदि महिलाहरुले आफ्नो शरिरमा दुधको कमि महशुस भएमा शिशुको लागि बजारबाट पाउडर दुध वा डेरीबाट दुध खरिद गरि खुवाउने गर्छन।

महिलाको आहारा अनुसार शरिरमा दुध उत्पादन हुने हुँदा कोही आमाहरुले आफ्नो बच्चाको इच्छा अनुसार खुवाएर पनि शरिरमा दुध बढी भएको महशुस गर्ने गरेका छन्। आज हामी तपाईहरुलाई यस्तै एक महिलाको बारेमा बताउन जाँदै छौँ जसले आफ्नो शिशुलाई खुवाएर पनि दैनिक तिन लिटर सम्म दुध दान गर्ने गरेक छिन्।

अमेरिकाको क्यर्लिफोनियामा बसोबास गर्ने २९ बर्षीय तबिथा फ्रास्त आफ्नो शरीरमा धेरै दुध उत्पादन भएको हुदा दुध दान गरेकी हुन्। उनका आफ्ना तिन बच्चालाई पर्याप्त दुध खुवाएर समेत बढी हुने गरेकोले करिब ४७० लिटर ब्रिष्ट मिल्क दान गरिसकेकी छिन्। शरीरबाट दैनिक ३ लिटर सम्म दुध आउने गरेकाले आफ्नो दुधको सहि उपयोग गर्नको लागि दान गर्न सुरु गरेको उनले बताईन।

चिकित्सकका अनुसार हाईपरल्याकटेशन सिंमड्रोमको कारणले अन्य साधारण महिलाको तुलनामा उनको शरिरमा तिन गुना बढी दुध उत्पादन हुने गरेको र यो एक दुर्लभ प्रकारको रोगको कारण हुन पुगेको हो। यस्तो रोगबाट संसारमा थोरैमात्र महिलाहरु बिरामी भेटिन सक्ने समेत डाक्टरको भनाइ छ।